सन नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घट्यो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ। इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा २६.५२ प्रतिशतले घटेको देखिएको हो।

गत आव इन्स्योरेन्सले ५७ करोड ४९ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आव २०७९/८० मा इन्स्योरेन्सको खुद नाफा ७८ करोड २५ लाख ५५ हजार रुपैयाँ थियो समीक्षा अवधिमा इन्स्योरेन्सको नाफा २० करोड ७५ लाख ८८ हजार रुपैयाँले घटेको हो।

इन्स्योरेन्सको खुद दाबी भुक्तानी र खर्च बढ्दा नाफामा गिरावट आएको हो।

गत आव इन्स्योरेन्सले ३ अर्ब ४५ करोड २५ लाख ७४ हजार रुपैयाँ प्रिमियम संकलन गर्दा २ अर्ब ८४ करोड ६९ लाख ६४ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ। इन्स्यारेन्सको कुल खर्च ३ अर्ब ८७ करोड ९१ लाख ४४ हजार रुपैयाँ छ।

अघिल्लो आवमा ३४.९४ रुपैयाँ प्रति शेयर आम्दानीले १४.५१ रुपैयाँमा झरेको छ।

इन्स्यारेन्सको पीई रेसियो ३५.२३ छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार