एक्सपर्ट एजुकेसनले २१ वर्षको सफलता उत्सव मनायो

काठमाडौं । एक्सपर्ट एजुकेसन एन्ड मिसा सर्भिसेज (ईईभीएस) ले शिक्षा र इमिग्रेसन सेवामा २१ वर्ष पार गरेको छ । उक्त अवसरमा संस्थाले सफलताको उत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा एक्सपर्ट एजुकेसनले कुमारीपाटी शाखामार्फत शान्ति विद्यालयमा आयोजना गरी मर्मस्पर्शी वृद्ध नागरिकलाई सम्मान गरिएको थियो ।

वृद्ध नागरिकहरुको सम्मान एक राम्रो र समृद्ध समाजको पहिचान नाम दिएको उक्त कार्यक्रमले संस्थाको सामुदायिक मूल्य र वृद्धहरुको कल्याणप्रति प्रतिबद्धता जनाएको उल्लेख गरेको छ । कार्यक्रममा ९५ जना वृद्धवृद्धालाई सहभागिता गराइएको थियो भने एक सय ५० जना बढी सहभागीहरु थिए। वृद्धवृद्धालाई संस्थाका पदाधिकारीले दोसल्ला ओढाएर उपहारसहित सम्मान गरेका थिए ।

एक्सपर्ट एजुकेसनका नेपाल निर्देशक विकास ज्ञवालीले संस्थाले शैक्षिक अध्ययनका लागि सरलीकरणका साथै समुदायमा समेत वृद्धवृद्धाको सम्मान गरी समाजप्रति सदैव उत्तरदायी बन्दै आएको बताए । वृद्धवृद्धा युवाहरुलाई समृद्ध बनाउने आधार बन्दै आएको बताउँदै उनले संस्थाले पनि युवाहरुलाई शिक्षाको लागि प्रेरणा दिई समाजलाई अगाडि बढाउन मदत गरेको बताए । संस्थाका प्रबन्धक यज्ञप्रसाद गैरेले युवाहरुलाई शिक्षित बनाउन सदैव मेहनत गर्ने संस्थाको प्रतिबद्धता रहेको बताए । अर्का प्रबन्धक देवी लम्सालले वृद्धको सम्मान केवल एक आवरको सकेत मात्र नभई समुदायलाई निर्माणमा उनीहरूले पुन्याएको जीवनभरको योगदानको मान्यता रहेको बताइन् । कार्यक्रममा मिखावाहा टोलका अध्यक्ष अशोक महर्जनले वृद्ध नागरिकहरुको सम्मान गरी एक्सपर्ट एजुकेसनले आफ्नो शिर उच्च राखेको बताए ।

त्यस्तै, एक्सपर्ट एजुकेसन पुतलीसडक कार्यालयले आफ्नो कार्यालय परिसरमा रक्तवान कार्यक्रम सञ्चालन गरेको थियो भने मानवसेवा आश्रममा खाना खुवाउने काम समेत गरेको थियो । एक्सपर्ट एजुकेसन महाराजगञ्ज कार्यालयले असहायलाई सहयोग गर्दै आएको हिमालयन ओल्ड एज होम संस्थालाई आवश्यक राहत सामग्रीहरु प्रदान गरेको थियो । एक्सपर्ट एजुकेसन वैदेशिक अध्ययनका लागि प्रमुख परामर्श कम्पनी हो । अस्ट्रेलिया, क्यानडा, बेलायत र अन्य देशहरुमा उपयुक्त कोर्स र संस्थानहरु चयन गर्न विद्यार्थीलाई सहयोग गर्ने आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार