लघुवित्तको मुनाफा बढ्दा ७१ करोड रुपैयाँ पुग्यो, सबैभन्दा बढी नाफा कमाउने आरएसडीसी

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा करिब साढे ७१ करोड रुपैयाँ पुगेको बताइएको छ । सञ्चालनमा रहेका ५५ मध्ये ९ वटा लघुवित्तले गत आर्थिक वर्ष २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उक्त मुनाफा रहेको बताएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७९÷९० को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा २४ करोड ७२ लाख १७ हजार रुपैयाँले मुनाफा बढेको छ । अघिल्लो आर्थिक वर्षमा ९ वटा लघुवित्तको मुनाफा ४६ करोड ६० लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

आर्थिक वर्ष २०८०÷८१ मा आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १४ करोड ६६ लाख ६८ हजार रूपैयाँ खुद मुनाफा कमाएकोे छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १० करोड ७४ लाख ७३ हजार रूपैैयाँ मुनाफा कमाएको थियोे । सपोर्ट लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०÷८१ मा २ करोड ३८ लाख ४३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १ करोड ३६ लाख २२ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
गुराँस लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०÷८१ मा २ करोड ५९ लाख ६३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १६ लाख ७६ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियोे ।
आर्थिक वर्ष २०८०÷८१ मा हिमालयन लघुवित्त वित्तीय संस्थाले ७५ लाख ५० हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १ करोड ४१ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०÷८१ मा १ करोड ३९ लाख ६९ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ४ करोड ८६ लाख ७ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा १७ करोड ४२ लाख ९० हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १९ करोड ८१ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियोे । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा पाँच करोड ३४ लाख ७१ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ६ करोड ५ लाख ८९ हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । मेरो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०÷८१ मा २१ करोड ९५ लाख ७३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ७ करोड ६४ लाख ६६ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । युनिक लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०÷८१ मा ४ करोड ७९ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ३ करोड ९० लाख २४ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त वित्तीय संस्थामध्ये एकाधबाहेक सबैजसोको निष्क्रिय कर्जा बढेको छ भने खुद मुनाफा घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार