CLI

जुनेली इंकको नयाँ प्रोडक्ट बजारमा, ८१ सालको दशैंसम्ममा जोडिने ग्राहकलाई विशेष छुट

काठमाडौं । विगत सात वर्षदेखि प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनी जुनेली इंकले नयाँ प्रोडक्ट ‘Jooneli Trading accounting software’  बजारमा ल्याएको छ। पूर्ण परीक्षण पश्चात बजारमा प्रवेश गरेको यो प्रोडक्टले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्ने कम्पनीको दाबी छ।

साना तथा ठूला सबै व्यवसायको लागि उपयोगी उक्त सफ्टवेयर विशेषगरी मार्ट, पसल, हार्डवेयर, सुपरमार्केट, होटेल, रेष्टुरेन्ट, क्यान्टिन र म्यान्यूफ्याक्चरीङ कम्पनीहरुको लागि उपयुक्त हुनेछ।

यसका अन्य विषेशताहरुमा दक्षता, शुद्धता, पहुँच, अनुकूल, पूर्ण परीक्षण भएकाले प्रयोककर्ताले ढुक्कसँग यो प्रोडक्टको सुविधा लिन सक्ने कम्पनीले विश्वास लिएको छ। साथै लन्चिङ अवधिलाई मध्यनजर गर्दै २०८१ मंसिर १५ गतेसम्मको लागि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

Leave Your Comment

Related News