कीर्तिमानी कारोबार रकम बन्दा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । शेयर बजार बढ्ने क्रमले निरन्तरता पाउदाँ कारोबार रकममा कीर्तिमान कायम भएको छ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँ कारोबार भएको छ । यो सँगै कारोबार रकम सबैभन्दा उच्च भई कीर्तिमान कायम भएको छ ।
त्यस्तै शेयर बजार ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १०.५६ अंकले बढेर ५१२.४७ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार १७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको सेयर मूल्य घट्दा ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सोमबार ३३९ वटा कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर २ लाख ८३ हजार ४७ पटक कारोबार हुदाँ कारोबार रकम २७ अर्ब २४ करोड २० लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

१३ वटा समूह सूचक मध्ये ११ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी २ वटा समूहको सेयर मूल्य घटेको छ । बैकिङ ४५.२७, विकास बैंक १६३.२१, वित्त १६६.६१, होटल र पर्यटन २२०.८७, जलविद्युत १२३.४२, जीवन बीमा ८१५.८१, लघुवित्त ५९.२७, म्युअुचल फण्ड ०.२०, निर्जीवन बीमा ४१२.४५, व्यापार १६३.७६ र अन्य २४.०१ अंकले बढेको छ । लगानी ०.२२ र उत्पादन र प्रशोधन ९९.२८ अंकले घटेको छ ।
सोमबार सबैभन्दा बढी कारोबार हुनेमा कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, शिवम सिमेन्ट, नेपाल फाइनान्स, पूर्वाधार विकास बैंक (निफ्रा) र हिमालय लाइपफ इन्स्योरेन्स रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २२ करोड ८० लाख रुपैयाँ, शिवम सिमेन्टको ९२ करोड २८ लाख रुपैयाँ, नेपाल फाइनान्सको ८ करोड ४३ लाख रुपैयाँ, पूर्वाधार विकास बैंक (निफ्रा)को ७ करोड २९ लाख रुपैयाँ र हिमालय लाइपफ इन्स्योरेन्सको ५ करोड ७२ लाख रुपैयाँ बराबर कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार