१९ वटा लघुवित्तको नाफा २ अर्ब ७० करोड पुग्यो, सबैभन्दा बढी नाफा कमाउनेमा स्वलम्बन लघुवित्त

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा (नाफा) बढेको छ । १९ वटा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा पौने ३ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सञ्चालनमा रहेका १९ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुरुप सबैभन्दा बढी नाफा कमाउनेमा स्वलम्बन लघुवित्त वित्तीय संस्था रहेको छ । सञ्चालनमा रहेका ५५ मध्ये १९ वटा लघुवित्तले गत आर्थिक वर्ष २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उक्त मुनाफा रहेको बताएका हुन् ।

आर्थिक वर्ष २०८०÷८१ मा १९ वटा लघुवित्तको कुल नाफा २ अर्ब ७० करोड ७२ लाख ३० हजार रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्ष २०७९÷९० मा उक्त लघवित्तहरुको नाफा १ अर्ब ३६ करोड ५५ लाख ७७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९÷८० को तुलनामा आर्थिक वर्ष २०८०÷८१ मा लघुवित्तहरुको नाफा १ अर्ब ३४ करोड १६ लाख ५३ हजार रुपैयाँले बढेको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १४ करोड ६६ लाख ६८ हजार रूपैयाँ खुद मुनाफा कमाएकोे छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १० करोड ७४ लाख ७३ हजार रूपैैयाँ मुनाफा कमाएको थियोे । सपोर्ट लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०÷८१ मा २ करोड ३८ लाख ४३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १ करोड ३६ लाख २२ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
गुराँस लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०÷८१ मा २ करोड ५९ लाख ६३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १६ लाख ७६ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियोे ।
आर्थिक वर्ष २०८०÷८१ मा हिमालयन लघुवित्त वित्तीय संस्थाले ७५ लाख ५० हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १ करोड ४१ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०÷८१ मा १ करोड ३९ लाख ६९ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ४ करोड ८६ लाख ७ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । फष्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा १७ करोड ४२ लाख ९० हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १९ करोड ८१ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियोे ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा पाँच करोड ३४ लाख ७१ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ६ करोड ५ लाख ८९ हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । मेरो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०÷८१ मा २१ करोड ९५ लाख ७३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ७ करोड ६४ लाख ६६ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । युनिक लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०८०÷८१ मा ४ करोड ७९ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ३ करोड ९० लाख २४ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्त वित्तीय संस्थामध्ये एकाधबाहेक सबैजसोको निष्क्रिय कर्जा बढेको छ भने खुद मुनाफा घटेको छ ।

नेशनलले आर्थिक वर्ष २०८०÷८१ मा ३४ करोड ९ लाख २९ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २१ करोड ५९ लाख ३१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । कालिकाले आर्थिक वर्ष २०८०÷८१ मा ६ करोड ३१ लाख २५ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड ६९ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
मिथिलाले आर्थिक वर्ष २०८०÷८१ मा ४ करोड ७५ लाख ४५ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड ९५ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
एनआइशी एसिया लघुवित्तले आर्थिक वर्ष २०८०÷८१ मा १२ करोड ७१ लाख २४ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १८ करोड ९२ लाख २३ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

नेरुडा मिर्मिरले आर्थिक वर्ष २०८०÷८१ मा ४४ करोड ७० लाख ६ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ५ करोड ७८ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । उपकारले आर्थिक वर्ष २०८०÷८१ मा १ करोड ८५ लाख ७८ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २ करोड ३६ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

फरवार्डले आर्थिक वर्ष २०८०÷८१ मा ३२ करोड १३ लाख ९७ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ७ करोड ८६ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । गणपतिले आर्थिक वर्ष २०८०÷८१ मा २ करोड ९९ लाख ४८ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ८६ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

आशाले आर्थिक वर्ष २०८०÷८१ मा ६ करोड ८९ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले १ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । सबैभन्दा बढी नाफा कमाउने स्वलम्बनले आर्थिक वर्ष २०८०÷८१ मा ५३ करोड ८२ लाख ९ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ भने अघिल्लो आर्थिक वर्षमा लघुवित्तले २६ करोड ८८ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार