अप्टिकल फाइबर काटिएर अवरुद्ध भएको एनसेलको सेवा पुर्ण रुपमा सञ्चालनमा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको सेवामा देखिएको समस्या समाधान भएको छ। अप्टिकल फाइबर काटिँदा एनसेलको सेवा अवरुद्ध भएको थियो। प्राविधिक टिमको प्रयासमा छोटो समयमा नै सेवा पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिएको एनसेलले जानकारी दिएको छ।

अप्टिकल फाइबर काटिँदा आज दिउँसो करिब पौने चार बजेतिर एनसेलको सेवामा समस्या उत्पन्न भएको थियो। करिब दुई घण्टाको प्रयास पछि एनसेलका प्राविधिकले सेवा पूर्ण रुपमा पुन सञ्चालनमा ल्याउन सफल भएका छन्।

‘आज दिउँसो अप्टिकल फाइबरहरु काटिएर अवरुद्ध भएका सेवाहरु हाम्रो प्राविधिक टोलीको अथक प्रयासका कारण छोटो समयामा नै पूर्णरुपमा पुन: संचालनमा ल्याउन सफल भएको जानकारी गराउँन चाहन्छौं । सेवा अवरुद्ध हुँदा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ एनसेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार