समता घरेलु लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर

काठमाडौं ।समता घरेलु लघुवित्त वित्तीय संस्थाले बिभिन्न पदमा कर्मचारी माग गरेको छ ।  माग गरिएका कर्मचारीमा  सुचना प्रविधि बिभाग सहायक अधिकृत कनिष्ट, अधिकृत सुपरभाइजर, बरिष्ट सहायक, इलाका प्रवन्धक\अनुगमन सहायक अधिकृत, कनिष्ट अधिकृत, शाखा प्रमुख सुपर भाइजर बरिष्ट सहायक, फिल्ड कर्मचारी कनिष्ट सहायक र प्रशिक्षार्थि का लागि आवेदन माग गरेको छ  ।

सहायक अधिकृत,कनिष्ट अधिकृत, आबेदन दिन इच्छुक योग्यता पुगेका नेपाली नागरिकले आबेदन दिन सक्नेछन् सो पदका लागि शैक्षीक योग्यता सम्बन्धित बिषयमा स्नातक तह उतिर्ण गरी सुचना प्रविधि सम्वन्धी कार्यअनुभव भएको र अन्यपदमा १० जोड २ पास गरेर कम्तिमा ३ बर्षको कार्यअनुभव तोकिएको छ ।

सहायक र कनिष्ट अधिकृत पदमा आबेदन दिन कम्तीमा स्नातक तह उतीर्ण गरी एक तह मुनीको पदमा ३ बर्षको अनुभव तथा १० जोड २ पास गरी एक तह मुनिको पदमा ५ बर्षको कार्यअनुभव भएको हुनु पर्नेछ ।

शाखा प्रमुख सुपरभाइजर\बरिष्ट सहायक पदमा आबेदन दिन कम्तिमा १० जोड २ पास गरी १ तह मुनिको पदमा ३ बर्को कार्यअनुभव भएको हुनु पर्नेछ सहायक पदको लागि एसएलसी पास गरी १ तह मुनिको पदमा कम्तिमा २ बर्षको कार्यअनुभव भएको हुनुपर्नेछ । फिल्ड कर्मचारी कनिष्ट सहायक पदमा आबेदन दिन एसएलसि  पासगरी लभुवित्त संस्थामा कम्तिमा १ बर्षको कार्यअनुभव रहेको हुनुपर्नेछ । प्रशिक्षार्थि पदमा काम गर्नको लागि एसएलसि पास गरि ग्रामिण क्षेत्रमा गइ काम गर्न सक्ने हुनुपर्नेछ  ।

अधिकृत तहमा आबेदन दिने इच्छुक कर्मचारी २१ बर्ष पुरा गरी ४० बर्ष ननाघेको र अन्य पदमा आबेदन दिन १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको हुनुपर्नेछ ।

आवेदन दिने अन्तिम दिन आजको मितिले १५ दिनको हुनेछ । छनौट प्रक्रिया लिखित मौखिक दुवै हुने कम्पनीले जनाएको छ ।

इच्छुक नागरिकले वित्तीय संस्थाको वेभसाइट www.samata.org.np मा गई CARRER Section को apply on current vacancy मा Click गरी तोकिएको आवश्यक विवरणहरु मात्र भरी पठाउनु पर्नेछ वा वित्तीय संस्थाको केन्द्रीय कार्यालय बनेपा-७, काभ्रेपलाञ्चोकमा दरखास्त सहित आवश्यक कागजात बुझाउन सक्नेछन् ।

नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव तथा तालिमका प्रमाणपत्रको प्रतिलिपि आवेदन दिँदा अद्यावधिक गर्नु पर्ने छैन । प्रमाणपत्रको सक्कल प्रति लिखित परिक्षा वा अर्न्तवार्ताको समयमा अनिवार्य रुपमा लिएर आउनु पर्नेछ

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार