अप्पर तामाकोशीको आम्दानी ६४ करोडले बढ्दा नाफा १ अर्बले घट्यो

काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावरको आम्दानी बढ्दा नाफा भने घटेको छ । कम्पनीले आर्थिक वर्ष २०८०८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सो कुरा बताएको हो ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०८१ मा कम्पनीको आम्दानी ६४ करोड २८ लाख ४० हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ असारसम्म कम्पनीको आम्दानी ८ अर्ब ७५ करोड २० लाख ९१ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/ ८० मा कम्पनीको आम्दानी ८ अर्ब १० करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै कम्पनीको नाफमा पनि गिरावट आएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको नाफामा १ अर्ब ४१ करोड १३ लाख ९५ हजार रुपैयाँले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ असारसम्म कम्पनीको नाफा २ अर्ब ६८ करोड ६८ लाख १९ हजार रुपैयाँ रहेको छ । भने आर्थिक वर्ष २०७९/ ८० मा कम्पनीको नाफा ४ अर्ब ९ करो्ड ८२ लाख १४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको सञ्चालन मुनाफा भने बढेको छ । आर्थिक वर्ष २०८०/८१ असारसम्म कम्पनीको सञचालन मुनाफा ३ अर्ब ९७ करोड ९७ लाख २६ हजार रुपैयाँ रहेको छ । भने आर्थिक वर्ष २०७९ /८० मा कम्पनीको सञ्चालन मुनाफा ३ अर्ब १० करोड १० लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ असारसम्म कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ६९ पैसा , प्रति शेयर नेटवर्थ ५६ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रति शेयर कुल सम्पत्तिको मूल्य ४०५ रुपैयाँ ६१ पैसा रहेको छ । कम्पनीको तरलताको अनुपात १.७४ रहेको छ । शेयरको अधिकतम मूल्य १८० रुपैयाँ र न्यूनतम मूल्य १५२ रुपैयाँ १० पैसा रहेको छ भने कारोबार संख्या ३५ हजार २५ पटक रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार