‘पब्लिक स्पिकिङ लीग’ प्रतियोगिता आयोजना हुँदै

काठमाडौं । द लर्निफाई क्याम्पले भदौ १५ गतेबाट ‘पब्लिक स्पिकिङ लीग’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा द लर्निफाई क्याम्पले बालबालिकाहरूका लागि पब्लिक स्पिकिङ लीग सञ्चालन गर्न लागेको हो ।

यस प्रतियोगितामा विभिन्न विद्यालयका कक्षा २, ३, ४, र ५ का विद्यार्थीहरूलाई सहभागिता गराउन सकिने द लर्निफाई क्याम्पले जनाएको छ ।

भनिन्छ ‘बोल्नेको पिठो बिक्छ, तर नबोल्नेको चामल पनि बिक्दैन’। बालबालिकाको चौतर्फी विकासका निम्ति अभिव्यक्त गर्ने कला निकै महत्त्वपूर्ण कला हो । त्यसैले के बोल्ने, कसरी बोल्ने, प्रभावकारी कसरी हुने कला सानो देखिनै सिक्न जरुरी छ। यही आवश्यकतालाई मध्यनजर गर्दै द लर्निफाई क्याम्पले काठमाडौँ उपत्यकाका सम्पूर्ण विद्यालयबाट इच्छुक छात्र र छात्राको सहभागिताको लागी पनि आह्वान गरेको छ ।

लीगमा सहभागी जनाउन भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदनका लागि विद्यार्थी परिचयपत्र आवश्यक पर्नेछ भने सहभागीता जनाउन प्रवेश शुल्क समेत तोकिएको छ ।

प्रतियोगितामा सहभागी हुन [email protected] मा इमेल गर्न वा 9762428002 वा 9761832482 मा सम्पर्क सकिने छ । त्यसपछि द लर्निफाई क्याम्पले फाराम पठाउने छ ।

भदौ १५ गतेबाट लीगको छनौट प्रक्रिया सञ्चालन हुनेछ । फाइनल कार्यक्रम भदौ २२ गते हुनेछ ।

उक्त कार्यक्रममा विजेताहरूलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ । यस कार्यक्रममा विभिन्न क्षेत्रका ख्याति प्राप्त वक्ता र अनुभवी मूल्याङ्कनकर्ताहरूबाट छनोट गरिनेछ । यस कार्यक्रममा कुमारी बैक र अन्य संस्थाको पनि  सहकार्य रहेको छ । कुमारी बैकमा खाता हुनेलाई नाम दर्तामा सहुलियत दिइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार