भूमि र सहकारी समस्या समाधान गर्न मन्त्री देउवा र अधिकारीबिच सहकार्य

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु देउवा र भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीबिच भूमि र सहकारी क्षेत्रका समस्याको ठोस समाधानका बिभिन्न बिकल्पबारे छलफल भएको छ ।

बुधवार भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको भेटमा आ—आफनो मन्त्रालयमा देखा परेका समस्या समाधानका लागि राजनीतिक तहमा र मन्त्रालयगत तहमा मिलेर पहल गर्ने दुई मन्त्रीको भेटमा छलफल भएको हो । अव बन्ने भूमि आयोग गठन, सहकारी क्षेत्रको समस्या समाधानका लागि अधिकारसम्पन्न नियामक निकाय गठनलगायतको बिषयमा छलफल भएको छ ।

मन्त्री अधिकारीको पहलमा राजनीतिक सहमतिका आधारमा अदालतमा दायर भएको मुद्दा फिर्ता लिएर नयाँ आयोग गठनको गृहकार्य सुरु भएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयारी गरेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार