कुमारी बैंकका ग्राहकले  नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक मा छुट पाउने   

काठमाडौं । कुमारी बैंकका ग्राहकले नयाँ बानेश्वर, काठमाडौंमा रहेको नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर– काठमाण्डौं र कौशलटार–भक्तपुर स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआर QR  बाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको बैङ्कले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत बित्तिय कारोवार गरिरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार