नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तनको हुने , प्रयोगकर्तालाई सम्पर्कमा आउन कम्पनीको आग्रह

काठमाडौं । आफ्ना ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै, नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ।

सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने छ। यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका सर्भिस म्यानेजर बिनम श्रेष्ठले बताएका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार