सनराईज सेक्युरिटिज (१००) को औपचारिक ब्रोकर कारोवार सुरुवात

काठमाडौं ।  लक्ष्मी सन्राइज बैंकको  शत् प्रतिशत स्वामित्वमा बनेको सनराईज सेक्युरिटिज लिमिटेडको व्यवसायिक सञ्चालन भएको छ  । कम्पनीले एक समारोहका बीच लक्ष्मी सन्राइज बैंकका अध्यक्ष रमण नेपालको  प्रंमुख आथित्थ्यतामा  औपचारिक सुरुवात गरेको हो  ।

उक्त कार्यक्रममा अध्यक्ष नेपालले  कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरेका थिए । उनले व्यवसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्न सन्राइज सेक्युरिटिज सफल रहोस भनि शुभकामान ब्यक्त गरेका थिए  ।

कार्यक्रमका बिशेष अतिथि लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले लक्ष्मी सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी हुँदै शुभकामना व्यक्त गरेका थिए  । ।

सञ्चालनमा आएको सनराइज सेक्युरिटिजको केन्द्रिय कार्यालय गैह्रिधारा–२, काठमाण्डौंमा रहेको छ । यो कम्पनीको अधिकृत तथा चुक्ता पूँजी रु. २०,००,००,०००– ( अक्षरेपी बीस करोड रुपैयाँ मात्र) रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार