CLI

सवारीको महाकुम्भ भदौ ११ गतेदेखि सुरु, विगतको भन्दा भव्य र प्रभावशाली हुने

काठमाडौं । सवारी साधनको महाकुम्भ नाडा अटो शो २०२४ आगामी भदौ ११ गतेदेखि भदौ १६ गतेसम्म काठमाडौंको भुकृटी मण्डपमा आयोजना हुनेछ। नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत नाडा अटो शोको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ।

यस वर्षको नाडा अटो शो विगतको भन्दा भव्य र प्रभावशाली हुने नाडाले अपेक्षा गरेको छ। नाडाले प्रत्येक वर्ष चाडपर्वको सिजन सुरु हुनु अघि अटोमोबाइलका नयाँ मोडल, प्रविधि र प्रवृत्तिहरुको बारेमा जानकारी दिन अटो शो आयोजना गर्दै आइरहेको छ।

यस वर्षको प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् । त्यस्तै ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।

अटो शोको मुख्य प्रायोजकमा टाटा ईभी र शिखर इन्स्योरेन्स सह–प्रायोजको रुपमा छन्। टिकेटिङ पार्टनरमा डिजिटल वालेट खल्ती रहेको छ। भदौ ११ गतेसम्म टिकट काट्नेले २० प्रतिशत छुट पाउने आयोजनले जानकारी दिएका छन्।

अटो शोको ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरुले भ्रमण गर्ने आयोजनको विश्वास छ। अटो शोको अतिरिक्त आकर्षणको रुपमा एक भाग्यशाली सहभागीले हिरो जुम स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन्।

Leave Your Comment

Related News