प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस एटीएम विड्रअल सेवा शुरु

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकसँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु गरेको छ ।

यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैंकिङ्ग वा कनेक्टआइपिएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ ।

अब दुबै बैंकका ग्राहकहरुले यस सेवाको शुरूवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटीएम मेसिन प्रयोग गरी समेत बिना कार्ड नगद झिक्न सक्ने भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार