काठमाडौं । आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल नियुक्त भएका छन् । आइएमई रेमिट्यान्स तथा जिएमई रेमिट्यान्सको मर्जरबाट स्थापित आइएमई लिमिटेडको सीईओमा भेञ्चर हायर पर्चेचका सञ्चालक पौडेल नियुक्त भएका हुन् ।
आइएमई रेमिट्यान्स र जीएमई रेमिट्यान्स कम्पनी एकआपसमा मर्ज भएर आइएमई लिमिटेडको नामबाट बुधबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।