जीवन विकास लघुवित्त वित्तीय संस्थाको सात लाख भन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था को ७,०४,५०० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । उक्त शेयर बिक्रीका लागि नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७९ निर्देशन नं. १०/०७९ बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता वित्तीय संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था रहेको छ ।

शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक ३५ (पैतिस) दिन भित्र के कति कित्ता शेयर खरिद गर्न चाहेको हो उल्लेख गरी संस्थाको केन्द्रीय कार्यालय, कटहरी-२, मोरङ्गमा आबेदन दिन भनेको छ ।

शेयरको मुल्य निर्धारण सम्बन्धित खरीद / विक्रीकर्ता संस्थापकको आपसी छलफलबाट खरीद गर्न चाहेको शेयर संख्या र खरीद बिक्री मूल्यमा सहमतिमा हुने छ ।

सो शेयर विद्यमान संस्थापक शेयधरनीहरुबाट शेयर खरीद गर्ने कुनै आशयपत्र प्राप्त नभएमा वा आंशिक शेयर खरीदका लागि मात्र आशयपत्र प्राप्त भएमा प्रचलित कानून तथा नियमानुसार अन्यव्यक्ति / संस्थालाई संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया बढाउने कम्पनीले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार