नेपाल टेलिकमको आम्दानी र नाफा दुवै घट्यो

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको आम्दानी घटेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमले ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आव २०७९/८० मा टेलिकमको आम्दानी ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा टेलिकमको आम्दानी २ अर्ब ८० कराड ६५ लाख अर्थात ६.३२ प्रतिशतले घटेको अपरिष्कृत वित्तीय विवरणमा देखिन्छ।

आम्दानीसँगै टेलिकमको नाफा पनि घटेको छ। गत आव टेलिकमको खुद नाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ छ। अघिल्लो आवमा खुद नाफा ७ अर्ब ९२ करोड ५५ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा टेलिकमको नाफा १ अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँ अर्थात १६.४४ प्रतिशतले घटेको छ।

गत आवमा टेलिकमको सञ्चालन या ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ छ। अघिल्लो आवमा सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो। समीक्षा अवधिमा टेलिमको सञ्चालन आय १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँ अर्थात ४.९९ प्रतिशतले कमी आएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ३६.७७ रुपैयाँ छ।

नेपाल टेलिकमको आम्दानी प्रभावित हुनुको कारण

  • OTT सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आ.व. को तुलनामा करिब रु. १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी भएको । साथै OTT सेवाले कम्पनीको समग्र Voice/SMS सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ ।
  • राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
  • सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको ।
  • सेवा सञ्चालनको लागि आवश्यक ब्याण्डविथ बिगत वर्ष भन्दा कम दरमा खरिद गरिएको कारण सेवा सञ्चालन खर्चमा कमी आएको ।
  • कम्पनीले GSM अनुमति पत्रको तेस्रो नवीकरण शुल्क रु. २० अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८० पौष देखि लगानी गर्न नसकेको तथा सो सम्बन्धि भुक्तानीको निर्णय २०८१ बैशाखमा भए पश्चात केहि बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्व अवधि भन्दा अगाडी फुकुवा गरि भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १ अर्ब २९ करोड ७३ लाखले कमी भएको ।
  • कम्पनीले चालु आ.व. देखि योगदानमा आधारित पेन्सन योजना लागू गरेको साथै कम्पनीले पेन्सन, उपदान तथा बिदा बापत Defined Benefit Obligation को लागि राखिएको Defined Benefit Assets मा चालु आ.व.मा रु. ४ अर्ब ८५ करोड रकम छुट्टाई नेपाल लेखामान १९ “Employee Benefit” अनुसार Actuarial Valuation गराई खर्च लेखाङ्कन गरेको ।
  • कम्पनीले GSM अनुमति पत्रको तेस्रो नवीकरण शुल्क रु. २० अर्बको भुक्तानी, नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखाङ्कन तथा Defined Benefit Assets मा रकम छुट्टाईएको लगायतका कारणबाट सिर्जना भएको स्थगन करको प्रभाव पर्न गएको ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार