नेपाल इन्फ्रास्ट्रकचर बैंक(निफ्रा) को सिइओमा कृष्ण बहादुर अधिकारी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेड को सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा कृष्ण बहादुर अधिकारीलाई नियुक्त गरेको छ । हिजो साउन ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम उनी सीइओ नियुक्त भएका हुन ।

सिइओमा नियुक्त अधिकारी यस अघि नेपाल बैङ्कमा नै सिइओको चार बर्षे कार्यकाल पुरा गरेर बाहिरिएका थिए । उनले इक्वीटी नेपालसँगको कुराकानीमा आफू भाद्र २ गतेबाट कार्यभार सम्हाल्न जाने  बताए

निफ्राका यस अगाडीका  सीइओ रामकृष्ण खतिवडा कार्यकाल पुरा नगरी  राजिनामा दिएर बाहिरिए पश्चात प्रमूख कार्यकारी अधिकृत खाली रहेको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार