झण्डै १०० प्रतिशतले बढ्यो चन्द्रागिरी हिल्सको नाफा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नाफा करिब शतप्रतिशले बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ कम्पनीको खुद नाफा ११ करोड १३ लाख रुपैयाँले बढेको हो । बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा २२ करोड ३३ लाख रुपैयाँ रहेको बताएको छ । आर्थिक वर्ष २०७९/८० मा कमपनीको खुद नाफा ११ करोड २० लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको आम्दानी पनि बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी १ अर्ब १ लाख लाख रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७९/८० मा ९१ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको खर्चमा समेत वृद्धि भएको बताइएको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खर्च ३० करोड ७७ लाख रुपैयाँ रहेको छ भने आर्थिक वर्ष २०७९/८० मा २३ करोड ७८ लाख रुपैयाँ रहेको थियो

चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष ७ करोड ६ लाख ऋणात्मक छ ।कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १४ रुपैयाँ ५६ पैसा, प्रतिशेयर नेवटर्थ ९५ रुपैयाँ ३९ पैसा, प्रतिशेयर कूल सम्पत्तिको मुल्य २३७ रुपैयाँ २५ पैसा र चालु अनुपात १.८६ रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार