सेयर बजारमा किर्तिमानी कारोबार रकम हुदाँ यी २० कम्पनीको भयो उच्च कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेर बन्द भएको छ । कारोबार खुलेको केहि समयमा ३०२२ विन्दुमा पुगेको नेप्से अन्तिम समयमा ३०००.८१ विन्दुमा आएर बन्द भएको हो । यसअघि नेप्से २०७८ भदौ १३ गते ३०४४ विन्दुमा पुगेको थियो ।

क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.०१ अंकले बढेर ५३५.५१ विन्दुमा पुगेर बन्द भएको छ ।
बिहीबार १०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार ३३४ वटा कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर ३ लाख ११ हजार ५३६ पटक कारोबार हुदाँ कारोबार रकम २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँ ९५ पैसा रह्यो ।
बजार पूँजीकरण रकम ४७ खर्ब ६५ अर्ब ९० करोड ९८ लाख ८६ हजार रुपैयाँ रह्यो ।

१३ वटा समूह सूचक मध्ये ८ वटा समूहको सेयर मूल्य बढ्दा ५ वटा समूहको सेयर मूल्य घटेको छ । बैकिङ ९०.१८, विकास बैंक ७३.२३, होटल र पर्यटन २५.१६, जलविद्युत ३०.१४, लगानी ३.२१, म्युअुचल फण्ड ०.४९, निर्जीवन बीमा १३४.३४, व्यापार ७५.२० अंकले बढेको छ । वित्त १२१.१८, जीवन बीमा १०८.३५, उत्पादन र प्रशोधन १४१.५७, लघुवित्त ७.५२ र अन्य ५५.४६ अंकले घटेको छ ।
बिहीबार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, सािनमा माइ हाइड्रोपावर, अपि पावर कम्पनी कुमारी बैंक र नेपाल पूर्वाधार बैंक (निफ्रा) रह्यो । हिमालयन रिइन्स्योरेन्सको ९१ करोड ३३ लाख रुपैयाँ, सािनमा माइ हाइड्रोपावरको ८३ करोड २३ लाख रुपैयाँ, अपि पावर कम्पनीको ६५ करोड ९९ हजार रुपैयाँ, कुमारी बैंकको ६१ करोड ७७ लाख रुपैयाँ र नेपाल पूर्वाधार बैंक (निफ्रा) को ६० करोड ३७ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार