CLI

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।एशियन लाईफ इन्स्योरेन्स कम्पनीको ५,३०,००० कित्ता संस्थापक बिक्रिमा रहेको छ  । सो शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले साउन ३२ गतेदेखि भदौ ११ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल , लाजिम्पाट, काठमाडौंमा आवेदन दिनु पर्नेछ।

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । आवेदकले फाराम खरीद गर्दा एनआइएमबि एस क्यापिटल लिमिटेडबाट छाप लगाएको आवेदन फाराम खरीद गरी लिनुपर्नेछ । छाप नलगाएको वा फोटोकपी गरी पेश गरिएको आवेदन फारामलाई अयोग्य ठहराई बाँडफाँडमा समावेश हुनेछैन।

शेयरको न्यूनतम मूल्य प्रति शेयर २७५ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ । साथै बोलपत्र फाराम लाहाछाप लगाई शिलबन्दी गरिएको हुनुपर्नेछ ।
बोलपत्र आवेदन फाराममा आफुले लिन चाहेको शेयर संख्या तथा आफूले कवोल गरेको प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरले लेखेकोलाई मान्यता दिईनेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबोल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । कबोल गर्ने दर दशमलव पछिको दुई अंक मात्र मान्य हुनेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम दुई लाख कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकत्तम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

 

Leave Your Comment

Related News