सरकारले विकास बजेट खर्च गर्न नसक्दा सिमेन्ट उद्योग आर्थिक मन्दिको मारमा

काठमाडौं । सरकारले विकास बजेट खर्च गर्न नसक्दा सिमेन्ट उद्योग आर्थिक मन्दिको मारमा परेको व्यवसायीहरुले बताएका छन्। सिमेन्ट उत्पादक संघको २०औं वार्षिक साधारण सभाबाट चयन भएको नयाँ नेतृत्व हस्तान्तरण कार्याक्रममा व्यवसायीहरुले विकास बजेट खर्च हुन सक्दा सिमेन्ट उद्योग आर्थिक मन्दिमा परेको बताएका छन्।

नेतृत्व हस्तान्तरण कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी , विभिन्न मन्त्रालयका सचिव तथा सरोकारवाला महानिर्देशकहरूको उपस्थिति रहेको थियो।

विगत केही वर्षदेखि विश्वमा आएको आर्थिक मन्दिले गर्दा यसको असरवाट नेपाल समेत प्रभावित हुनपुग्यो । निजी क्षेत्रबाट बन्ने योजना आयोजनाहरुको निर्माणमा कमी आउँदा सिमेन्टको खपतमा कमी आई ८ देखि १० मिलियन टन मात्रै खपत हुने अवस्था आएको छ । यसबाट अधिकांश सिमेन्ट उद्योगहरु धराशायी भएका छन् । क्लिइरमा आधारित उद्योगहरु आधाभन्दा बढी बन्द भएका छन् । सञ्चालनमा रहेका यस्ता सिमेन्ट उद्योगसमेत २० देखि २५ प्रतिशत क्षमतामा मात्रै सञ्चालित छन् । चुनढुङ्गामा आधारित उद्योगहरु ५० देखि ६० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा छन् ।

आज भन्दा २० वर्षअघि क्लिङ्करमा आधारित सिमेन्टको उत्पादन निजी क्षेत्रबाट शुरु भएको थियो। त्यसको ५–७ वर्षपछि चुनढुङ्गामा आधारित सिमेन्ट उद्योगको प्रारम्भ भयो । १५–१६ वर्षको अवधिमै नेपाल सिमेन्टमा आत्मनिर्भर भई निर्यात गर्नसमेत सक्षम भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्म करीब २ करोड ३५ लाख ३८ हजार ५७८ मेट्रिक टन सिमेन्ट र क्लिइर निर्यात गरेको तथ्याङ्क छ ।

सिमेन्ट उद्योगहरुको स्थापनाकालमा सिमेन्टको खपत वृद्धि १२ देखि १६ प्रतिशतसम्म प्रति वर्ष थियो। विगतमा सिमेन्टको २० देखि २५ मिलियन टनसम्म माग हुने प्रक्षेपण भई उक्त समयपश्चात धमाधम सिमेन्ट उद्योगहरु खुल्दै गएका थिए । तर, ठूला विकास निर्माणका आयोजनाहरुमा सरकारी बजेट कम खर्च हुँदा सिमेन्टको खपतमा समेत उल्लेखनीय रुपमा कमी हुन गयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार