समाज डेन्टल हस्पीटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेड बीच सम्झौता भएको छ। बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

समाज डेण्टल हस्पिटल र प्रभु बैंक बिच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बंैकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले क्रमश: १५ प्रतिशत र १० प्रतिशत छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुखी सुदेश कुमार देवकोटा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ँबैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार