नेपाल टेलिकमको बिलिङ सिस्टममा समस्या आउँदा सेवाग्राही मर्कामा

काठमाडौं । नेपाल टेलिकमको बिलिङ सिस्टमा समस्या आउँदा लाखौं पोस्टपेड मोबाइल सेवाग्राही मर्का परेका छन् । शुक्रबार टेलिकमका लाखौं पोस्टपेड सेवाग्राहीको ब्यालेन्स गायब हुनुका साथै कल ब्यारिअर हुने समस्या देखिएको हो ।

टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईका अनुसार कम्पनीले जारी गरेको नयाँ रेन्टल प्याक खरिद गर्ने उपभोक्तामा यस्तो समस्या देखिएको जानकारी दिए । कम्पनीको सिस्टममा समस्या आउँदा पोस्टपेड उपभोक्तामा कल ब्यारिअरमा समस्या आएको हो। अहिले यो समस्या समाधान भइसकेको छ,’ भट्टराईले भने ।

नेपाल टेलिकमले प्रत्येक अङ्ग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड सेवाको मासिक बिल प्रशोधन (बिल रन) गर्ने गरेको छ । यो कार्य सामान्यत: १५ तारिख राति सुरु गरी सोही रातभरमा सम्पन्न हुने गर्छ ।

यसरी मासिक बिल प्रशोधन गरी हिसाब मिलान गर्दा रेन्टल प्याक खरिद गरी चलाइरहेका प्रयोगकर्ताको समेत कल ब्यारियर हुन पुगेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार