५२ जनालाई नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । केन्द्रिय बैंकले एक सूचना जारी गर्दै विभिन्न पदहरुमा ५२ जना कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि)  पदमा रोजगारीको अवसर खुलाएको छ ।

राष्ट्र बैंकका अनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) मा ३४ जना, प्रशासनतर्फ नै सहायक (सहायक द्वितीय) मा १३ जना र प्राविधिकतर्फ सहायक सूचना प्रविधि पदमा ५ जना गरी कुल ५२ जना कर्मचारी माग गरिएको हो । उक्त पदहरुमा लोकसेवाले लिखित परीक्षा लिने भएका कारण परीक्षा मिति पछि सार्वजनिक हुने केन्द्रिय बैंकले जनाएको छ ।

खुला प्रतियोगिता मार्फत हुने पदपूर्तीका लागि योग्य नेपाली नागरिकले ३२ साउनदेखि २० भदौसम्म अनलाइनमार्फत फाराम पेस गर्न सकिने बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर भने २७ भदौसम्म आवेदन फार्म भर्न सक्नेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार