माउन्टेन इनर्जी नेपालको नाफा घट्यो

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४५ .७१ प्रतिशत घटेको छ ।

अघिल्लो आवमा कम्पनीले ३७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवमा घटेर २० करोड ३६ लाख रुपैयाँ मा झरेको हो । गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीले विद्युत् विक्रीबापत १ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेकोमा गत आवमा घटेर ९७ करोड ६२ लाख रुपैयाँमा झरेको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७ पैसा रहेकोमा गत आवमा घटेर ८ रुपैयाँ ९९ पैसामा झरेको हो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब २६ करोड रुपैयाँ छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रिटेन्ड अर्निङमा १ अर्ब २ करोड ७९ लाख रुपैयाँ सञ्चिति गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार