सरकारले गठन गर्ने उच्चस्तरिय आर्थिक सुधार आयोगलाई नेपाल उद्योग महासंघले गर्यो स्वागत

काठमाडौं । सरकारले गठन गर्ने भनेको उच्चस्तरिय आर्थिक सुधार आयोगलाई नेपाल उद्योग महासंघले स्वागत गरेको छ ।

अर्थमन्त्रालयले सय दिनको कार्यक्रमअन्तर्गत उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरि सार्वजनिक गरेको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो ।

अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सिमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक बिकास हासिल गर्नु पर्ने भन्दै महासंघले आयोगको प्रस्ताव सरकारसमक्ष राख्दै आएको थियो ।

अर्थमन्त्रालयले सय दिनको प्राथमिकतामा आयोग बनाउने विषय समावेश गरेकोमा महासंघले अर्थमन्त्री तथा उप प्रधानमन्त्री बिष्णु पौडेलप्रति धन्यवादसमेत व्यक्त गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार