SKIP THIS

NCELL

सेन्थेटिक ट्रयाकको काम गुणस्तरीय नभएको भन्दै पूर्वमन्त्री अथकद्धारा गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालगन्ज रंगशालामा निर्माण गरिएको एथलेटिक्स सेन्थेटिक ट्रयाक उप्किएको घटनाप्रति पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री अथकले शनिबार सामाजिक संजाल मार्फत घटनाको तत्काल छानबीन गरी दोषी उपर कारबाही गर्न र गुणस्तरीय रुपमा निर्माण कार्य सम्पन्न गर्न गराउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

आठौं राष्ट्रिय खेलकुदकै सन्दर्भमा नेपालगञ्ज रंगशाला निर्माण हुनुपर्ने सेन्थेटिक ट्रयाक तत्कालीन आयोजकहरुको अदुरदर्शिताका कारण निर्माण हुन नसकेको उल्लेख गर्दै पूर्व मन्त्री अथकले आफु युवा तथा खेलकुद मन्त्री भएको समयमा रंगशालाको एथलेटिक्स सेन्थेटिक ट्रयाककालागी बजेट बिनियोजन गरीएको बताएका छन ।

उनले सामाजिक संजालमा लेखेका छन, ”आठौं राष्ट्रिय खेलकुदकै सन्दर्भमा निर्माण गर्नुपर्ने र हुनुपर्ने नेपालगञ्ज रंगशाला सेन्थेटिक ट्रयाक तत्कालीन आयोजकहरुको अदुरदर्शिताका कारण त्यहाँ बनाउनु पर्ने संरचना अनेत्र निर्माण गरी अलपत्र पारियो । संयोग र सुखद भनौं बदलिएको राजनितिक परिवेशसंगै मलाई नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बहन गर्ने अवसर मिल्यो । आठौं राष्ट्रिय खेलकुदमा अलपत्र पारिएको नेपालगञ्ज रंगशालालाई न्याय गर्नुपर्छ भन्ने लक्ष्यका साथ ठुलो मेहनतले बजेट विनियोजन गरियो र धेरै कसरत पछि निर्माण कार्य अगाडी बढ्यो, यो सुदख पक्ष हो । पंचकन्या९साईकट्स निर्माण कम्पनीले निर्माणको जिम्मा लिई निर्माण पुरा गरीएको भनिए पनि निर्माणाधिन परियोजना हस्तान्तरण नहुँदै उप्किएको भन्ने समाचारले गम्भिर ध्यानाकर्षण भएको छ । तत्काल छानबीन गरी दोषी उपर कारबाही गर्न र गुणस्तरीय रुपमा निर्माण कार्य सम्पन्न गर्न९गराउन सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराउँदछु।”

ललितपुरको पंचकन्या-साईकट्स निर्माण कम्पनीले ९ करोड ८६ लाख रुपैयाँ लागतमा निर्माण गरेको ट्रयाक हस्तान्तरण गर्नु भन्दा पहिले नै उप्किएको हो । उक्त ट्रयाक निर्माणको काम सम्पन्न भइसके पनि हस्तान्तरण भने भएको छैन ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार