सवा १३ करोड रुपैयाँले बढ्यो साल्ट ट्रेडिङ्गको नाफा

काठमाडौं । साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेडको नाफा र आम्दानी दुवै बढेको छ । कम्पनीले आइतबार गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र आम्दानीमा वृद्धि भएको बताएको हो ।

कम्पनीको नाफा आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा १३ करोड १६ लाख ६९ हजार रुपैयाँले बढेको हो । नाफा बढे सँगै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा १ अर्ब ८ करोड ७५ लाख ४६ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको खुद नाफा ९५ करोड ५८ लाख ७७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको आम्दानी समेत बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी १३ अर्ब ३५ करोड ३ लाख २९ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कम्पनीको आम्दानी ८ अर्ब ७८ करोड २९ लाख ८ हजार रुपैयाँ रहेको थियो ।
३२ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रति शेयर नेट वर्थ ३९७ रुपैयँँ ६२ पैसाा रहेको छ भने प्रति शेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा र खुद नाफा प्रतिशेयर १९.७१ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार