शोधान्तर बचत पाँच खर्ब नाघ्यो, चालु खाता बचत सवा २ खर्ब

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा शोधान्तर बचत पाँच खर्ब रुपैयाँ नाघेको छ। शोधान्तर बचत पाँच खर्बभन्दा बढी हुँदा चालु खाता बचत पनि सवा २ खर्ब कटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आवको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो।

अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ ।

चालु खाता २ खर्ब २१ अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार