४२ खर्ब २६ अर्ब पुग्यो अन्तर-बैंक कारोबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु बीचको कारोबार ४२ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार  सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुरुप बैंक तथा वित्तीय संस्थाहरुबीच कारोबार बढेको हो । प्रतिवेदन अनुरुप आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुबीच ३८ खर्ब ६३ अर्ब ४८ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) बीच ३ खर्ब ६३ अर्ब रुपैयाँ गरी कुल ४२ खर्ब २६ अर्ब ४८ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्ष २०७९/८० मा वाणिज्य बैंकहरुबीच ३९ खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुबीच ३ खर्ब ५२ अर्ब ७ करोड रुपैयाँ गरी कुल ४२ खर्ब ९४ अर्ब २२ करोड रुपैयाँको अन्तर बैंक कारोबार भएको थियो।

ब्याजदर
२०८० असारमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ६.३५ प्रतिशत रहेकोमा २०८१ असारमा ३.०० प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०८० असारमा ३.१४ प्रतिशत रहेकोमा २०८० असारमा २.९९ प्रतिशत रहेको छ । २०८० असारमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.०३ प्रतिशत, विकास बैंकहरुको १२.१५ प्रतिशत र वित्त कम्पनीहरुको १३.४१ प्रतिशत रहेकोमा २०८१ असारमा औसत आधार दर क्रमशः ८.०० प्रतिशत, ९.७१ प्रतिशत र ११.२१ प्रतिशत कायम भएको छ ।

२०८० असारमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.८६ प्रतिशत, विकास बैंकहरुको ९.१४ प्रतिशत र वित्त कम्पनीहरुको ९.७९ प्रतिशत रहेकोमा २०८१ असारमा निक्षेपको भारित औसत ब्याजदर क्रमशः ५.७७ प्रतिशत, ६.६३ प्रतिशत र ७.९३ प्रतिशत कायम भएको छ ।
२०८० असारमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२.३० प्रतिशत, विकास बैंकहरुको १४.१० प्रतिशत र वित्त कम्पनीहरुको १४.८२ प्रतिशत रहेकोमा २०८१ असारमा कर्जाको भारित औसत ब्याजदर क्रमशः ९.९३ प्रतिशत, ११.३४ प्रतिशत र १२.५५ प्रतिशत कायम भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार