विदेश पढ्ने विद्यार्थीले लगे १ खर्ब २५ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुले मुलुकबाट १ खर्ब २५ अर्ब रुपैयाँ विदेश लगेको बताएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उक्त कुरा बताइएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ७९ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको थियो ।

समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ३२.१ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।

समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले वृद्धि भई १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार