SKIP THIS

NCELL

निजी क्षेत्र मैत्री नीति निर्माणमा सहयोग गर्ने सांसदको  प्रतिवद्धता

काठमाडौं । निजी क्षेत्र मैत्री नीति निर्माणमा सहयोग गर्ने दुवै संसदका सदस्यले  प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आयोजित कार्यक्रममा सहभागी सांसदहरुले निजी क्षेत्रलाई काम गर्न वाधा नपुग्ने गरि नीति निर्माण गरिने प्रतिवद्धता जनाएका हुन । कार्यक्रममा दुवै सदनका सांसद गरी १०० भन्दा बढी सहभाघि थिए ।

कार्यक्रममा उप प्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण गरेसम्म परिवर्तन सम्भव नरहको वताए। साथै उनले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको बताए ।

निरन्तर निजी क्षेत्रसंग सम्वाद गरि उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल गरिरहेको वताएका थिए । तात्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि काम गरिरहेको उनले वताए ।

साथै, उनले आर्थिक सुधारका लागि गठन हुने उच्चस्तरिय सुधार आयोगले अध्ययन गरि अल्प मध्य र दीर्घकालीन सुधार गर्नेवताएका थिए । ।

महासंघले संसदमा बिचाराधीन र निजी क्षेत्र सम्वद्ध करिब डेढ दर्जन कानुन सुधारमा दफावार रुपमा उद्यमी व्यवासीका सुझाव प्रस्तुत गरेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संसोधनले वातावरण तयार पारेको वताएका थिए । उनले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठूला उद्योगहरुको दर्ता हुने क्रम बढेको बताएका थिए ।उर्जामन्त्री दिपक खडकाले संसदमा बिचाराधीन विद्युत र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउने तयारी भैरहेको बताएका थिए। उनले निजी क्षेत्रको लगानी बढाउने र प्रसारणलाइन लगायतमा निजी क्षेत्रको प्रवेशका बिषयमा पनि सरकारले छलफल गरिरहेको वताए ।

संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंक वित्तिय संस्था सम्बन्धि लगायतका कानुनमा छलफल भैरहेको वताउँदै यसमा वृहद छलफल गरि निर्णय गरिने वताबताए।

महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वतावरण बनाउन सबैको ध्यानाकर्षण गराएका थिए। निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त त हामीले देखि नै सकिएको वताउँदै अध्यक्ष ढकालले कानुनसम्मत व्यवसाय गर्न अवरोध गर्न नहुने वताए । यसैगरि लगानी र उत्पादन निरुत्साहित हुने गरि कानुन नबनोस भनेर कार्यक्रम आयोजना गरि सुधारको पहल गरिएको वताएका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार