सुरक्षण कोषद्धारा करिब ३ खर्ब लघु तथा विपन्न कर्जा सुरक्षण

काठमाडौं । राष्ट्र बैंकका अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तसम्म करिब ३ खर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा सुरक्षण गरेको छ ।
कोषले समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको २ खर्ब ९६ अर्ब ४५ करोड रुपैयाँ बराबरको लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा (नेपाल सरकारको ब्याज अनुदानमा प्रवाह भएको सहुलियतपूर्ण कर्जासमेत) सुरक्षण गरेको छ । २०८० असार मसान्तमा २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाा बराबरको यस्तो कर्जा सुरक्षण गरिएको थियो।

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८१ असार मसान्तमा ५६ बैंक तथा वित्तीय संस्थाहरुमा ४ करोड ५७ लाख ९५ हजार रुपैयाँ खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको बचत, चल्ती, कल तथा मुद्दती निक्षेप रकम १४ खर्ब ३० अर्ब ४६ करोड रुपैयाँ निक्षेप सुरक्षण गरेको छ । २०८० असार मसान्तमा ४ करोड १३ लाख ८१ हजार रुपैयाँ खातामा प्राकृतिक व्यक्तिका नाममा रहेको १२ खर्ब ३२ अर्ब ९५ करोड रुपैयाँ निक्षेप सुरक्षण गरिएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार