CLI

१ खर्ब ३० अर्ब ४७ करोड बराबरको धितोपत्र सूचीकृत

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार गत आर्थिक वर्षमा १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ । गत आर्थिक वर्षमा ८६ अर्ब ८१ करोड रुपैयाँ बराबरको साधारण शेयर, २१ अर्ब ९८ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, २१ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस शेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ गरी कुल १ खर्ब ३० अर्ब ४७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर, ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर र ४ अर्ब ७० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल २९ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०८१ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ वटा बैंक तथा वित्तीय संस्था
र बीमा कम्पनी रहेका छन्भने ९१ वटा जलविद्युत्कम्पनी, २२ वटा उत्पादन तथा प्रशोधन उद्योग, ७ वटा होटल, ७ वटा लगानी कम्पनी, ४ वटा व्यापारिक संस्था र ७ वटा अन्य समूहका रहेका छन्। २०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या २५४ वटा रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ असार मसान्तमा सूचीकृत ८ अर्ब ३२ करोड रुपैयाँ शेयरको चुक्ता मूल्य ८ खर्ब २५ अर्ब ५ करोड रुपैयाँ रहेको छ । २०८० असार मसान्तमा २०९७.१० रहेको नेप्से सूचकाङ्क २०८१ असार मसान्तमा २२४०.४१ कायम भएको छ ।
२०८१ असार मसान्तमा धितोपत्र बजार पँुजीकरण ३५ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । २०८० असार मसान्तमा बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।

Leave Your Comment

Related News