मानषी लघुबित्तको संस्थापक र कर्मचारीको शेयरको लकिङ अवधि सकिदै

काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधि सकिन लागेको छ । कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ सकिने भएको हो ।

‘लक इन’ अवधि समाप्त हुने शेयरमध्ये सञ्चालक सदस्यहरूको स्वामित्वमा रहेको र कम्पनीको उच्च तहका कर्मचारीहरूले भने शेयर खरीद बिक्री गर्न पाउने छैनन् ।

कम्पनीले २०७८ साउन २७ गतेदेखि ३१ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्काशन गरी भदौ ७ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणमा आईपीओ बाँडफाँड भएको मितिले ३ वर्षसम्म संस्थापक र सर्वसाधारणको शेयर ‘लक इन’ मा रहने कानुनी व्यवस्थाको कारणले गर्दा सो शेयर लकिङमा रहेको थियो  ।

कम्पनीको संस्थापक र कर्मचारीको नाममा रहेको शेयरको लकिङ अबधि  भदौ ७ गतेबाट  सकिन लागेको हो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार