नेपाल उद्योग वाणिज्य महासंघबाट धितोपत्रबोर्डको सञ्चालकमा महानिर्देशक गोकर्ण अवस्थीलाई पठाउने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले  नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा महासंघका महानिर्देशक गोकर्ण अवस्थीलाई पठाउन सिफारिस गरेको छ  । एफएनसीसीआईले गत हप्ता महानिर्देशक अवस्थीलाई सेबोनको सञ्चालक समिति सदस्यमा सिफारिस गरेको हो।

नेपाल  धितोपत्र बोर्डको संचालक सदस्यमा महासंघको प्रतिनिधि सञ्चालक सदस्यरहने कानुनी  व्यावस्था रहेको छ   । सोही व्यवस्था वमोजिम महासंघले बोर्डमा सञ्चालक सदस्यको रुपमा महानिर्देशक अवस्थिलाई पठाउन सिफारिस गरेको हो ।

यसअघि बोर्डमा  महासंघको तर्फबाट प्रतिनिधित्व जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैधले गरेका थिए ।

अवस्थी विगत साढे ३ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशकको रूपमा कार्यरत छन् । अवस्थीले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् भने काठमाडौं विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्दैछन् । उनले भारतीय जनसञ्चार संस्थानबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् । महासंघमा कार्यभार सम्हाल्नु अघि अवस्थी नेपाल स्थित संयुक्त राष्ट्र संघ कार्यालयमा दिगो विकास लक्ष्य सल्लाहकारको रूपमा कार्यरत थिए ।

त्यसअघि करिब दुई दशक पत्रकारिता गरेका अवस्थी एक दशक भन्दा बढी समय कान्तिपुर दैनिकमा आर्थिक सम्पादक थिए । उनी नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष पनि हुन । अवस्थीले नेपाल व्यवस्थापन संघले प्रदान गर्ने प्रतिष्ठित सम्मान मनेजर अफ द ऐयर २०२३ प्राप्त गरेका छ्न् ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार