CLI

कस्तो अवस्थामा नेपाली नागरिकले विदेशमा लगानी गर्न सक्छन्

काठमाडौं । सरकारले कुनै पनि नेपाली नागरिकलाई विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाएको छ। विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम यस्तो व्यवस्था गरिएको हो।

तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको छ। यसरी लगानी गरेको विदेशी विनियम नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेशमा फकाउने व्यवस्था गर्नुपर्छछ। नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने व्यवस्था रहेको छ।

 

Leave Your Comment

Related News