नेपाल पुनर्बीमा कम्पनीको संस्थापक ७,००,००० कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक  ७,००,००० कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु. ४५० /- ( चार सय पचास रुपैंया मात्र) मा बिक्रीमा रहेको छ ।  उक्त शेयरहरु खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले  २०८१ साल आश्विन ८ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक  एन आई सी एशिया क्यापिटलमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो सो खुलाई गोप्य शिलवन्दी वोलपत्र पेश गर्नु पर्नेछ ।

वोलपत्रमा सहभाहि हुने सहभागीले न्यूनतम मूल्य न्यूनतम १००००० कित्ताको लागि न्युनतम ४५० रुपैयामा प्रतिकित्ताको दरले  गोप्य शिलबन्दी पेश गरेको हुनुपर्नेछ ।

बोलपत्र आवेदन फारम लिन  रु. १००/- नगद भुक्तानी गरी प्राप्त गर्न सक्नेछ्  । शेयर खरिद गर्न चाहने खरिद कर्ताले बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता संख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नु पर्नेछ । अंक र अक्षरमा लेखेको फरक भएमा अक्षरमा लेखेकोलाई मान्यता पाउने छैन | केरमेट भएको ठाउँमा दस्तखत गर्नु पर्नेछ । धेरै नै केरमेट भई कबुल गरेको मूल्य रकम नबुझिने गरी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।

शिलबन्दी खाम बाहिर “नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर खरीद आवेदन” लेखेको हुनुपर्नेछ । गोप्य शिल्ड बोलपत्रमा लाहाछाप गरिएको हुनुपर्ने छ । साथै शिलबन्दी खाम पेश गर्नु पर्ने छ ।

२०८१भदौ ५  गते पश्चात् सम्बन्धित कम्पनीबाट घोषणा हुने हकप्रद शेयर, बोनश शेयर तथा लाभांश स्वीकृत आवेदनकर्ताहरुले प्राप्त गर्ने छन् ।

बोलपत्रवालाले आफूले खरीद गर्न चाहेको शेयरको सम्पूर्ण रकम शेयर खरीद आवेदन फाराममा उल्लेखित बैंक खातामा नगद जम्मा गरि सोको सक्कल बैंक भौचर वा एन आई सी एशिया क्यापिटल लिमिटेडको नाममा जारी गरिएको Good for Payment Cheque वा Manager’s Cheque संलग्न गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । यदी चेक भुक्तानी नभएमा दरखास्त फाराम स्वतः रद्द हुनेछ । साथै Good forpayment cheque or Manager’s Cheque मार्फत आवेदन गर्नेको हकमा चेक क्लियरिङ्ग शुल्क वापतको रकम आवेदक स्वयंले व्यहोर्नु पर्नेछ ।

शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापकहरुले कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित हुने पत्र, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि  संलग्न गर्नुपर्नेछ ।

सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर पाउनेछन् । यसबाट पनि शेयर बाँकी रहेमा त्यस पछिको बढी बोलकबोल गर्नेले पाउनेछन् । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा अन्तिम मुल्यमा दुई वा दुई भन्दा बढी आवेदकहरु पर्न गएमा बोलकबोलबाट बाँकी भएको शेयरहरु माग भएको शेयर संख्याको सापेक्षिक भार अनुसार दामासाहीले बाँडफाँड गरिनेछ । प्राप्त बोलपत्रहरु कुनै कारण खुलाई वा नखुलाई पूर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बिक्रीकर्ता कम्पनी तथा पुनर्बीमा कम्पनीमा निहित रहने छ ।

प्राप्त बोलपत्रहरु सार्वजनिक सूचना प्रकाशित गरी वा सम्बन्धित आवेदकलाई अन्य कुनै माध्यमबाट जानकारी गराई बोलपत्र खोलिने मिति, समय र स्थानको बारेमा जानकारी गराईनेछ । आवेदन फारममा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार