अन्तिम समयमा सुधार आए सँगै २ अंकले बढ्यो सेयर बजार, झण्डै १९ अर्बको कारोबार

काठमाडौं । अन्तिम समयमा सेयर बजारमा सुधार देखिए सँगै नेप्से बढेको छ । दुई दिन सार्वजनिक बिदा पश्चयात खुलेको सेयर बजार बुधबार २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२५ अंकले बढेर ५३०.११ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बुधबार ३३७ वटा कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर २ लाख १४ हजार ३१९ पटक कारोबार हुदाँ कारोबार रकम भने १९ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७३७ रुपैयाँ रह्यो ।
बुधबार ५ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ८ वटा समूहको सेयर मूल्य घटेको छ ।

बैकिङ १०.१३, विकास बैंक ४०.५७, वित्त १८६.८९, लगानी ०.१५ र अन्य समूह ४.२५ अंकले बढेको हो । होटल र पर्यटन ७६.३३, जलविद्युत २७.८६, जीवन बीमा २८.४२, उत्पादन र प्रशोधन ३२.३३, लघुवित्त २९.५२, म्युअुचल फण्ड ०.१४, निर्जीवन बीमा ९८.९८ र व्यापार ८६.९५ अंकले घटेको छ ।
बुधबार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, अपि पावर कम्पनी, एभरेष्ट बैंक लिमिटेड, सानिमा माई हाइड्रोपावर र सीइीडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो । हिमालयन रिइन्स्योरेन्सको ६६ करोड २ लाख रुपैयाँ, अपि पावर कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँ, एभरेष्ट बैंक लिमिटेडको ४५ करोड ९ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ३६ करोड ८० लाख रुपैयाँ र सीइीडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँ बराबर कराोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार