धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन हुँदैन: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताए ।

बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका हुन् । उनले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै ल्याउने उल्लेख गरे । उनले धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीनहुँदा अनेक प्रकारका समस्या थपिने र फाइलहरु रोकिएको धारणा राखे । उनले बोर्डमा उत्पन्न भएका समस्याको समधान विधिसंवत शीघ्र समाधान गर्ने पक्षमा सरकार रहेको जानकारी दिए ।

अर्थमन्त्री पौडेलले जलविद्युतमा विदेशी लगानीमा समय–समयमा सिर्जना हुने समस्यालाई सरकारले सम्बोधन गर्ने बताए । उनले ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्ने प्रतिवद्धता जनाए । अर्थमन्त्री पौडेलले सरकारी र विद्युत प्राधिकरणले निर्माण गर्ने आयोजनाहरुमा विदेशी लगानी उल्लेखिय मात्रामा हुने गरेको बताए । उनले सरकारले निर्माण गरेको मात्रै नभई अब निजी क्षेत्रका आयोजनाहरुमा पनि विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्ने आवश्यक रहेको भन्दै सरकारले वातावरण बनाउन सहजिकरण गर्ने उल्लेख गरे । उनले अहिले जलविद्युत लगानीको महत्त्वपूर्ण क्षेत्र भएकाले सरकार नियन्त्रण गर्ने पक्षमा नभएको बताए ।

उनले विद्युत विधेयकलाई सरकारले व्यवसायीमैत्री र त्रुटिरहित बनाउने पक्षमा रहेको बताए । उनले ऊर्जा व्यवसायीहरुलाई जलविद्युत क्षेत्रमा समस्या छन् भनेर नथाक्न पनि आग्रह गरे । अर्थमन्त्री पौडेलले जलविद्युतका समस्या समाधानको लागि सरकार र निजी क्षेत्र एउटै टेवलमा बसेर छलफलमा जानुपर्ने बताए । उनले मुलुकमा ऊर्जाको आन्तरिक खपत बढाएर जान सके मात्रै जीवनस्तर माथि उठाउन सकिने उल्लेख गरे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार