स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने

काठमाडौं । स्मार्ट एप्लाएन्सेस प्रालि र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीकालागी सहकार्य गर्ने सहमति भएको छ । दुबैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा बिश्रामस्थलमा स्वच्छ खानेपानी सेवाकालागी सहकार्य गर्ने सहमति गरेका हुन् ।

केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारा सहित आगामी दिनहरुमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरुसँग सहकार्यगरी नि:शुल्क लिभप्युअर आरओ ड्रिङ्किङ वाटर सिस्टम जडान गर्नेे कम्पनीले जनाएको छ ।

स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कडेल साथै मार्केटिंग एक्जुकुटिव विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम वहादुर महतको कार्यकक्षमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ समेतको उपस्थितिमा एक औपचारिक समारोहकाबीच दुबै पक्षले सहमति पत्रमा हस्ताक्षर गरी सो सम्झौता गरेको हो ।

स्मार्ट एप्लाएन्सेस प्रालिले थप ३ वटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरि अस्पतालमा स्वच्छ पिउने पानीको उपलब्धतालाई थप सहज बनाउने ॐ हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जङ्गमले बताए ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार