SKIP THIS

NCELL

साफ यु–२०ः रोमाञ्चक जितसगै भुटानको सेमिफाइनल सम्भावना बलियो

काठमाडौं ।  अन्तिम समयमा गोल गर्दै भुटानले बुधवार माल्दिभ्समाथि रोमाञ्चक जितसँगै जारी साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लामो समयसम्म एक खेलाडीबिना खेलेको भुटानले अन्तिम माल्दिभ्समाथि २–१ को जित निकाल्दै तीन राष्ट्र सम्मिलित समूहबाट दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको हो । समूह ‘बी’ को भुटानले सेमिफाइनलमा पुग्ने माल्दिभ्स र भारतबीचको नतिजा पर्र्खनु पर्नेछ । भुटानले पहिलो खेल भारतसँग १–० ले गुमाएको थियो । त्यसैले दोस्रो चरणमा पुग्न जित्नैपर्ने खेलमा भुटानले माल्दिभ्समाथि जित रचेको हो । भुटानको जितमा जित्सुइन दोर्जी र नवाङ छोफेलले गोल गरे ।
माल्दिभ्सका इश आफू मोहमेद फिराकले गोल फर्काए पनि आफ्नो टोलीको हार टार्न सकेनन् । अन्तिम ३८ मिनेट एक खेलाडीबिना खेले पनि भुटानले उल्टै गोल फर्काउँदै जित निकाल्यो । ५२ औं मिनेटमा भुटानका गोलकिपर रातो कार्ड खाँदै बाहिरिएपछि भुटान १० खेलाडीमा सीमित भयो । तर, इन्जुरी समयमा गोल गर्दैै भुटानले रोमाञ्चक जित निकाल्यो । त्यसअघि खेलको शुरूवातमै भुटानले गोल अवसर बनायोे । जिग्मे न्यामगेलले दिएको क्रसलाई किङ्जाङ तेन्जिनले प्रयास गरे पनि माल्दिभ्सका डिफेन्डरले असफल बनाए । माल्दिभ्सले १४औं मिनेटमा काउन्टरमा अवसर बुन्दै भुटानलाई चुनौती दियो ।
तर अब्दुलाह इब्राहिमले दिएको कट पासलाई मोहमेद फिराकले टच गर्न कुनै चासो दिएनन् । भुटानका लागि १८ औं मिनेटमा किङ्जाङले ओपनप्लेमा पुनः अवसर बनाए । तर उनको प्रहार निकै फितलो रह्यो । २१औं मिनेटमा भुटानले अग्रता लियो । जिग्नम दोर्जीले दिएको कट पासमा माल्दिभ्सका गोलकिपर मोहमेद यमिनले सही निर्णय लिन नसक्दा जित्सुइन दोर्जीले खाली पोस्टमा गोल गरे । त्यसको दुई मिनेटपछि नै भुटानले अर्को अवसर बनायो । तेन्जिनले मिलाइएको बललाई पेनाल्टी बक्सभित्रबाट माल्दिभ्सका दुई खेलाडीलाई बिट गर्दै साङ्गे छोफेलको प्रहार आकासियो ।
२९ औं मिनेटमा गोलकिपर यमिन बिट गर्दै तेन्जिनको फ्री हेडरले पोस्टको दिशा लिन सकेन । यससँगै भुटानले अग्रता दोब्बर बनाउने अवसर गुमायो । ३७ औं मिनेटमा पुनः भुटान फिनिसिङमा चुक्यो । कर्नरबाट जित्सुइनले दिएको बललाई जिग्मेले हेडर गरे । उक्त बललाई माल्दिभ्सका गोलकिपर यमिनले नियन्त्रणमा लिन सकेनन् र सोही बललाई किन्जाङ टासीले हेड गरे पनि गोल भएन । ४२औं मिनेटमा पुनः जिग्नाम दोर्जीले दिएको बललाई तेन्जिनले वान टच गरे पनि गोलकिपर यसिनले विफल बनाए । यससँगै पहिलो हाफमा भुटान १–० ले अगाडि रह्यो ।
दोस्रो हाफमा खेल रोमाञ्चक बन्यो । ५१ औं मिनेटमा भुटान १० खेलाडीमा सीमित भयो । कप्तान शानान रसादले वान भर्सेस वानको मुभ बनाउँदा भुटानका गोलकिपर सोनाम तेन्जिनले डिबक्स बाहिर आएर बल बचाउने क्रममा हातले बल छोएपछि रातो कार्ड सामना गरे । त्यसपछि दोस्रो रोजाइका गोलकिपर लोछो निमा मैदान आए । सोही अवसरमा माल्दिभ्सले फ्रिकिकमार्पmत गोल गर्दै बराबरीमा ल्यायो ।
फिराकले सिधै प्रहार गर्दा भुटानका दोस्रो रोजाइका गोलरक्षक लोछोले रोक्न सकेनन् । निर्धारित ९० मिनेटको खेल सकिन केही सेकेन्ड बाँकी रहँदा भुटानले पुनः अग्रता लियो । जिग्मेले अगाडि फ्याँकेको बल माल्दिभ्सको डिफेन्डरलाई डिफ्लेक्ट हुँदै जित्सुनसम्म पुगेको थियोे । उनले माल्दिभ्सका दुई डिफेन्डरलाई बिट गर्दै दिएको बल अनमार्क रहेका छोपेलले जाली चुमाए र माल्दिभ्स २–१ ले पराजित भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार