नेशनल फण्ड म्यानेजमेन्टको संस्थापक हकप्रद शेयर लिलाममा बढाबढीमा बिक्रिमा

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको संस्थापक समूहको अवितरित हकप्रद शेयर लिलाम बढाबढीमा बिक्रिमा रहेको छ ।

कमपनीको २०८१ जेठ २५ गतेको विशेष साधारण सभाबाट पारित भई संचालक समितिको निर्णय वमोजिम मिति २०८१ जेठ ३२ सम्म कायम संस्थापक शेयरधनीहरुका लागि चुक्ता पूँजी रु.५४,००,००,००० \- (अक्षरेपी चौवन्न करोड मात्र ) को २१ अर्थात ५०% प्रति शेयर अंकित मूल्य रु.५०/- दरको रु.२७,००,००,०००/- (अक्षरेपी सत्ताइस करोड मात्र) बराबरको ५४,००,००० कित्ता हकप्रद शेयर मिति २०८१/असार १९ गतेदेखि २०८१ साउन १२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सवै शेयर विक्रि भएको छैन

कम्पनीले  तोकिएको समयमा  आवेदन प्राप्त नभइ बाँकी रहेको  प्रति शेयर अंकित मूल्य रु.५०/- दरका ११,७२,००० कित्ता हकप्रद शेयर लिलाम बढाबढको माध्यमबाट संस्थापक शेयर खरिद गर्न हाल कायम संस्थापक शेयरधनी, योग्य व्यक्ति, संघ / संस्था कम्पनीलाई बोलकबोल प्रकृया मार्फत बिक्री गर्न  लागेको छ । सो शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनी, योग्य व्यक्ति, संघ / संस्था कम्पनीले २०८१ भाद्र २० गते बैकिङ्ग समय भित्र सानिमा क्यापिटल लिमिटेड, सममार्ग, नक्साल १, काठमाण्डौमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा खरीद गर्ने हो खुलाई गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आव्हान गरेको छ  ।

बोलपत्रद्वारा बिक्री गरिने संस्थापक समूहको शेयर ११,७२,००० कित्ता रहेको छ ।

शेयर खरिद गर्न चाहने खरिद कर्ताले शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.५०/- मा रु.५०/- प्रिमियम थप गरि रु.१००/- (अक्षरेपी एक सय मात्र) तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयर खरिदको लागि बोलकबोल पेश गर्दा न्यूनतम २०,००० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन ।

शेयर आवेदन फारम नेपाली तथा अंग्रेजी भाषामा पूर्ण रुपले भरी बोलपत्रदाताले बोलपत्र आवेदन साथ आफूले खरिद गर्न चाहेको शेयरको सम्पूर्ण रकम सानिमा क्यापिटल लिमिटेडको नाममा सानिमा बैंक लिमिटेड, नारायणचौर नक्साल, काठमाण्डौमा रहेको खाता नं. ००१०१००१०००३६८८ मा नगद जम्मा गरि सो को सक्कल भौचर, Good for Payment Cheque वा Swift Transfer/IPS/RTGS मार्फत रकम जम्मा गरी सो को प्रमाण पुष्टि गर्ने कागजात (भौचर ) संलग्न गरि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । Swift Transfer / IPS / RTGS गरेको रकम बोलपत्र पेश गर्ने अन्तिम दिन अर्थात मिति २०८१ भाद्र २० गते (बैकिङ्ग समय भित्र) सम्ममा तोकिएको खातामा जम्मा भईसकेको हुनुपर्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार