शेयर बजारमा आमसर्वसाधरण भन्दा बिचौलियाको पहुँच छ: सांसद नारायणी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले शेयर बजारमा आवसर्वसाधरण भन्दा पनि बिचौलियाको पहुँच एको बताएकी छिन्। बिहीबारको प्रतिनिधि सभाको बैठकममा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘अहिले शेयर बजारको उकालो यात्रा देखेर सरकार ढुक्क नबनोस्। शेयर बजारमा आमसर्वसाधारण भन्दा पनि बिचौलियाहरुको पहुँच छ। यसले सर्वसाधारणको जीवनमा खास प्रभाव पार्न सकेको छैन,’ शर्माले भनिन्।

‘देशका मुख्य शहरहरु सुनसान बन्दै गएका छन्। बजारमा पैसा छैन। बैंकहरु उद्योग व्यापार मैत्री हुन सकिराखेका छैनन्। बैंक प्रति अविश्वास बढ्दै गएको छ,’ उनले थपिन्।

यसले देशलाई गम्भिर आर्थिक संकट तर्फ पनि धकेल्ने उनले संकेत गरिन्। त्यसतर्फ पनि सरकारको ध्यान केन्द्रित गर्न उनले आग्रह गरिन्।

‘सरकारले बिचौलियाहरुलाई खुसी पार्ने र आफ्नो आयु बढाउने तर्फ गइरहेको भन्ने जनगुनासो आइराखेको छ। त्यसैले सरकार आर्थिक उन्नती तिर केन्द्रित बनोस् र बन्न जरुरी छ,’ उनले भनिन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार