बिहीबार २५ करोड ४३ लाखले बढ्यो सेयर कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले बढेर ५३३.८६ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार ३३३ वटा कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता सेयर २ लाख १६ हजार ४५५ पटक कारोबार हुदाँ कारोबार रकम १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ रुपैयाँ रह्यो । जुन बुधबारको तुलनामा २५ करोड ४३ लाख रुपैयाँले बढी हो । बुधबार ३३७ वटा कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर २ लाख १४ हजार ३१९ पटक कारोबार हुदाँ कारोबार रकम भने १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७३७ रुपैयाँ रहेको थियो ।

बिहीबार बजार पूँजीकरण रकम भने ४७ खर्ब २४ अर्ब ५ करोड ९३ लाख रुपैयाँ रह्यो ।

१३ वटा समूह सूचक मध्ये ७ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ६ वटा समूहको सेयर मूल्य घटेको छ । बैकिङ २.९२, विकास बैंक २५६.६२, वित्त ४८.६०, होटल र पर्यटन ९६.२८, जलविद्युत २०.१४, जीवन बीमा ४२.२२ र म्युअुचल फण्ड ०.१० अंकले बढेको छ । लगानी १.३२, उत्पादन र प्रशोधन ४३.७१, लघुवित्त १.१६, निर्जीवन बीमा १६०.५६, व्यापार ६३.३१ र अन्य ६.८८ अंकले घटेको छ ।

बिहीबार सबैभन्दा बढी सेयर कारोबार हुने कम्पनीहरुमा साइन रेसुङगा विकास बैंक, अरुण भ्याली हाइड्रोपावर कम्पनी, हिमालय रिइन्स्योरेनस, ज्योति विकास बैंक र अपि पावर कम्पनी रहेका छन् । साइन रेसुङगा विकास बैंकको १ अर्ब ३ करोड ९३ लाख रुपैयाँ , अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४७ करोड ४७ लाख रुपैयाँ, हिमालय रिइन्स्योरेनसको ४४ करोड ८० लाख रुपैयाँ, ज्योति विकास बैंकको ३७ करोड ४४ लाख रुपैयाँ र अपि पावर कम्पनीको ३३ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार