सहकारी छानबिन समितिले सोधपुछका लागि रवि लामिछानेलाई बोलायो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

लामिछानेलाई भोलि शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको सभापति सूर्य थापाले जानकारी दिए ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि बोलाइएको छ ।समितिले सहकारी सञ्चालक, सरोकारावालाहरु सँग छलफल जारी राख्दै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार