छठौं तहका अधिकृत डुम्रे न्यौपानेले भारतबाट ल्याए नक्कली शैक्षिक प्रमाणपत्र, भ्रष्टचार मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले स्याङ्जा, गल्याङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत (सिअहेव) हिमा डुम्रे न्यौपानेको प्रवेशिका परिक्षा (एस.एल.सी) तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको पाइएको छ । अख्तियारले उनलाई प्रवेशिका परिक्षा (एस.एल.सी) तहको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली पेश गरी सरकारी सेवामा कार्यरत रहेको भन्दै भ्रष्टचारको आरोप लगाएको छ ।

उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण पत्र पेश गरी करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, अन्तर्गत तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त लिएर जागिरे सेवाको सुरुवात गरी छठौं तहसम्म पुगेका थिए । यो सँगै अख्तियारले अधिकृत छैठौं पदसम्म कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको भन्दै न्यापौनेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१० बमोजिमको कसुरमा ऐनको दफा १६ को उपदफा १) बमोजिमको सजाय हुन मागदावी लिई बिहीबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार